सनराइज बैंकले गर्यो एकैसाथ ६ वटा प्रादेशिक कार्यालय सुरु



पौष २७, सुर्खेत ।

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न ६ प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय ईटहरी, प्रदेश नं २ को लाहान, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ७ को अत्तरियामा आफ्ना प्रादेशिक कार्यालयहरु स्थापना गरेको हो ।

प्रादेशिक कार्यालयहरुले आफ्नो मातहतमा रहेका शाखाहरुको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा, संस्थागत सुशासनका साथै व्यापार विस्तारका कार्यहरु छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्ने बैंकले जनाएकोछ ।

सबै प्रादेशिक कार्यालयहरुको सामुहिक उद्घाटन बैंक संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योतिकुमार बेगानी, संचालक ओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गर्नुभएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्येश्यले बैंकले १०२ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको दाबी गरेको छ ।