समृद्धिका लागि पत्रकारको अहम् भूमिका हुने मन्त्री भण्डारी


पौष ८, सुर्खेत ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले प्रदेशको समृद्धिका सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ । सकारात्मक पक्षहरुको पक्षपोषण गर्न पत्रकारहरुलाई आग्रह गर्दै भण्डारीले समाज रुपान्तरणका लागि योगदान पुग्ने बिषयमा कलमलाई चलायमान गर्न आग्रह गर्नुभयो ।

आइतबारदेखि शुरु भएको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले पत्रकारहरुले आफैले सम्पादन गरेको समाचारले समाजमा खेलेको सकारात्मक भूमिकालाई आफैले मूल्यांकन गर्नु पर्ने भन्दै उहाँले प्रदेश सरकारले गरेको पत्रकार स्वास्थ्य विमा ब्यबस्थाले अझै थप जिम्वेवार बनाउने विस्वास गर्नुभयो ।

मन्त्री भण्डारीले प्रदेश सरकार रेडियो र टेलिभिजन सञ्चालन गर्ने तयारीमा रहेको बताए । पत्रकारिता क्षेत्रलाई सहयोग गर्ने क्रममा पत्रकार महासंघ कर्णाली प्रदेश समितिको भवन निर्माणका लागि ३० लाख रुपैयाँ सरकारले विनियोजन गरेको भन्दै राससको भवन निर्माणका लागि पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।