कर्णाली प्रदेश कमिटिको संयोजकमा रामबहादुर बुढा


मंसिर २३, सुर्खेत ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेश कमिटिको तदर्थ समितिको गठन गरिएकोे छ । मूलुक संघिय संरचनामा प्रबेश गरेसँगै प्रतिष्ठानले बिगतका अञ्चल कमिटिहरुलाई भंग गरि प्रदेश कमिटि निर्माण गरेको हो ।

शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बुलबुले पार्कमा सम्पन्न कलाकारहरुको भेलाले रामबहादुर बुढाको संयोजकत्वमा तदर्थ समितिको गठन गरेको हो । सुर्खेत शाखका निबर्तमान अध्यक्ष यज्ञबहादुर गुरुङ्गको अध्यक्षता, बरिष्ठ कलाकार भीमबहादुर कार्कीको प्रमूख आतिथ्यता, प्रतिष्ठानका निबर्तमान केन्द्रिय प्रथम उपाध्यक्ष टिकाराम चपाई, पूर्ब केन्द्रिय सदस्य कृष्णराज धमाला लगायतका प्रदेश अन्तरगतका बिभिन्न जिल्लाका कलाकारहरुको भेलाले सहसंयोजकमा रामबहादुर बराल, सचिवमा हरिमाया कार्की, कोषाध्यक्षमा रेशम ओलीलाई जिम्बेवारी प्रदान गरेको छ ।

यसैगरि तदर्थ समितिको सदस्यहरुमा क्रमश रेशा कोइराला, अविसेक अनुराग, धनबहादुर घर्ति, धनबहादुर बिष्ट, ज्ञानबहादुर नेपाली, तुलसी शाही, जोरमाया बाठा, लोकेन्द्र जिसि, लालबहादुर कटुवाल, तेजेन्द्र गिरी रहेका छन् भने कर्णाली प्रदेशका केही जिल्लाहरुलाई समेट्न केही सदस्यहरु पछि थप गरिने प्रतिष्ठान सुर्खेतका अध्यक्ष उत्तम शर्माले बताउनु भयो ।

बनभोज कार्यक्रम सहित आयोजित भेलाबाट गठित तदर्थ समितिले जिल्ला शाखाहरु गठन नभएका जिल्लाहरुमा शाखा गठन गरि अदिवेसशन सम्पन्न गर्ने र पाँच महिना पछि प्रदेश कमिटिको पनि अदिवेशन गर्ने जनाइएको छ ।