रास्कोटमा मेटल उद्योग सञ्चालन


मंसिर ७, कालीकोट ।

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा पहिलो पटक मेटल उद्योग संचालनमा आएको छ ।

नेपालगन्ज बाट हुने ढुवानिको जजटिलता र सामानको गुणस्तरीयतालाई ध्यानमा राखि उद्योग संचालनमा ल्याइएको उद्योगी आनन्द शाहीको भनाई छ ।

शाहीका अनुसार स्तरीय स्टिलका दराजहरु, बाकस, अन्नराख्ने मेटलपिन, धुवारहित मेटलका चुलोहरु सुफत मुल्यमा बिक्रि गरिने र यसकार्यले ब्यापारसँगै सेवाका भाबले संचालनमा ल्याइएको हो । युवाहरुले आफ्नै ठाउँमा केही गर्नुपर्छ र युवाहरुले स्वदेशमै गर्ने प्रसस्त सम्भाबना रहेको सन्देश दिन उद्योग संचालनमा ल्याएको शाहीको भनाई छ ।

उद्योग संचालक नेपाली कांग्रेस कालीकोट जिल्ला कमिटी सदस्य र रास्कोट नगर बिकास समितिका अध्यक्ष समेत हुन् । राजनीति गर्ने युवाले केही न केही आयस्रोतका लागि पेशा अगाल्नु पर्ने सोचले उद्योग शुरु गरेको बताएका छन ।

राजनीति जागिर होइन । राजनीतिकर्मीलाई लाग्ने गरेको आरोप चिर्नका लागि पनि आफूले व्यबसाय र सेवा सँगसँगै अंगालेको शाहीको भनाई छ ।