यस्तो लेखे प्रकाशले


कार्तिक २७, सुर्खेत ।

मूलुकमा संघियता र नयाँ संबिधानको कार्यान्वयन सँगै गाउँ गाउँमा सिंहदरबार आएको कुराले जत्तिको चर्चा र उत्साह पाएको थियो क्रमश त्यसप्रति बिभिन्न टिका टिप्पणिहरु सार्बजनिक हुन थालेकाछन् ।

कत्तिले दरबार गाउँमा नआएको सिंह मात्रै गाउँमा आएर गाउँलेहरुलाई दुख दिइरहेको भनिरहेकाछन् भने कत्तिले केहि मानिसहरुले पाँच बर्ष सम्म ब्रमलुट गर्ने ठेक्का पाएको प्रतिक्रियाहरु सार्बजनिक गर्न थालेकाछन् । पछिल्लो यही बिषयलाई लिएर कालीकोट जिल्ला रास्कोट नगरपालिका निवासी प्रकाश न्यौपानेले फेसबुक वालमा यसरी टिप्पणि सार्बजनिक गरेकाछन् ।

कालीकोट आज–भोलि
“धतुराका बियाँबाट मेवा फल्नुको आश गर्नु नै जनताको ठुलो भुल भयो । गाऊँ–गाऊँमा सिंहदरवार होईन, भोकाएका सिहंहरू पसेका छन् जो जनतालाई मुसाका गर्धन देखाएर हिरण सिकार गर्दै छन् ।
१.
जे.सि.बि डोजर भाडामा, फाईदा सडकमा
जनताको आखाँमा छारो, पैसा ट्रकमा ।
२.
हात–हातमा मोटरसाइकिल चढ्नलाई जिप
सामानै (सामान खरिद फाईदा हरिप ।
३.
दलित महिला माथि ढुङ्गा प्रहार
वडाअध्यक्ष बाट रातै कुखुरा फरार ।
४.
बिप्लव तर्साऊने बम् पड्काऊने
झल पड्यो सोत्या उर्फ दारू सट्काऊने ।
५.
नि.शुल्क शिविर शुल्कै शुल्क बिल
बिद्युत् घाईत्या नेता काईत्या बिकाश निल ।
६.
राजनीति पेशा पैसाको नशा
नेतालाई मोज जनतालाई दशा ।
७.
जनताका पसिना सुर्खेतको दोहोरी
चाकरी प्रवृत्ति राजनीति फोहोरी ।
८.
पाचँ सय बिद्यार्थी आठ बेन्च
शिक्षक अनौठा शिक्षामा नो चेन्ज ।
९.
काम जिरो, झुठ्ठै हिरो, गफ पाथि
क्यार्नु गाऊँ–ठाऊँ यस्तै छ साथि ।
प्रकालिकोटश