२ दिवसीय महापुजा सम्पन्न


१८ कार्तिक, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर ९ लाटीकोइली स्थित पेमा साङ छयोलिङ गुम्वामा २ दिवसीय तोङजोङ र नाङ (महापुजा) सम्पन्न भएको छ ।

२ दिवसीय महापुजा कार्यक्रमका प्रमुख अतिथी शरणनायक धर्मगुरु राब्जाम रिम्पोन्छेले महापुजा गर्नुभएको हो ।

यो पुजा विषेशत मानवकल्याणको लागि भएको र साथै सुर्खेतको पर्यटन विकासकालागि पनि टेवा पुग्ने धर्मगुरु राब्जाम रिम्पोन्छेले बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेश राजधानीमा रहेको पेमा साङ छयोलिङ गुम्बालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आफुले आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

गुम्बाका अध्यक्ष नर्बु गुरुङ्गको अध्यक्षतामा सम्पन्न महापुजा स्थानीय बौद्ध धर्मालम्बीहरुले अर्थ संकलन गरि सम्पन्न गरेको गुम्वाका सचिव लोकजंग रोकायाले बताउनुभयो ।