सवारीसाधनको वार्षिक कर बढ्यो, अब कुनको कति तिर्नुपर्छ ?


काठमाडौं, जेठ ३२

सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा सवारी साधनको सडक सम्भार तथा निर्माण र वार्षिक कर बढाएको छ।

साउनदेखि लागू हुने कर इन्जिन क्षमता (सिसी) अनुसार १ हजारदेखि ५ हजार रुपैयाँसम्म बढेको छ।

मोटरसाईकलको हकमा २५० सिसीसम्मको वार्षिक कर बढेको छैन। १२५ सिसिसम्म २५ सय रुपैयाँ र १२६ देखि २५० सिसीसम्म ४ हजार रुपैयाँ पुरानै शुल्क छ। तर २५१ सिसि माथिका सबैको कर बढेको छ।

हेर्नुहोस् अब कुन सवारीको कर कति तिर्नुपर्छ।

निजी सवारीसाधन

मोटरसाइकलः (शुल्क रुपैयाँमा)

इन्जिन क्षमता (सिसि) पुरानो शुल्क नयाँ शुल्क बढेको शुल्क
०–१२५ २ हजार ५ सय
१२६–२५० ४ हजार
२५१- ४०० ६ हजार ८ हजार २ हजार
४०१ भन्दा माथि १० हजार १३ हजार ३ हजार

 

कार/जीप/भ्यान/माइक्रोबसः (शुल्क रुपैयाँमा)

 

इन्जिन क्षमता (सिसि) पुरानो शुल्क नयाँ शुल्क बढेको शुल्क
०–१००० १८ हजार १९ हजार १ हजार
१००१–१५०० २० हजार २१ हजार १ हजार
१५०१–२००० २२ हजार २३ हजार १ हजार
२००१–२५०० ३० हजार ३२ हजार २ हजार
२५०१- २९०० ३५ हजार ३७ हजार २ हजार
२९०१ भन्दा माथि ५० हजार ५३ हजार ३ हजार

 

अन्य (शुल्क रुपैयाँमा)

प्रकार पुरानो शुल्क नयाँ शुल्क बढेको शुल्क
निर्माणका सवारीसाधन ३० हजार ३५ हजार ५ हजार
मिनि टिपर २० हजार २५ हजार ५ हजार
तीन पाङ्ग्रे ५ हजार
ट्रयाक्टर ३ हजार ४ हजार १ हजार
पावर टिलर २ हजार ५ सय ३ हजार ५ सय
मिनी ट्रक/ मिनी बस १८ हजार २२ हजार ४ हजार
ट्रक/बस २७ हजार ३० हजार ३ हजार

 

व्यवसायीक सवारीसाधन

कार/जीप/भ्यान/माइक्रोबसः (शुल्क रुपैयाँमा)

इन्जिन क्षमता (सिसि) पुरानो शुल्क नयाँ शुल्क बढेको शुल्क
०–१३०० ६ हजार ८ हजार २ हजार
१३०१–२००० ७ हजार ९ हजार २ हजार
२००१–२९०० ८ हजार ५ सय ११ हजार २ हजार ५ सय
२९०१–४००० ११ हजार १३ हजार २ हजार
४००१ भन्दा माथि १३ हजार १५ हजार २ हजार

 

अन्य (शुल्क रुपैयाँमा)

प्रकार पुरानो शुल्क नयाँ शुल्क बढेको शुल्क
निर्माणका सवारीसाधन १४ हजार १७ हजार ३ हजार
मिनि टिपर १४ हजार १५ हजार १ हजार
तीन पाङ्ग्रे ३ हजार ५ सय ४ हजार ५ सय
ट्रयाक्टर २ हजार २ हजार ५ सय ५ सय
पावर टिलर १ हजार ५ सय २ हजार ५ सय
मिनी ट्रक/ मिनी बस १० हजार १२ हजार २ हजार
ट्रक/बस १२ हजार १६ हजार ४ हजार

 

त्यस्तै सरकारको नाममा दर्ता भएका भाडाका सवारीसाधनमा पनि माथि उल्लेख भएअनुसार नै कर लाग्नेछ। विद्युतीय सवारीसाधनमा वार्षिक कर लाग्ने छैन।

साभार :सेताे पाटी