वडा सदस्यको ज्यान बचाउन चौलागाईले गरे नगद सहयोग


असोज १२, सुर्खेत ।

जनताका लागी अनिवार्य  तथा  नि:शुल्क  स्वास्थ्य शिक्षा उपल्बध गराउने जिम्मा पाएका स्थानीय सरकार का प्रतिनिधी आफै बिरामी भएर थला परेपछी उल्टै स्थानियले सहयोग गरी ज्यान बचाउनु परेको तितो यथार्थ भोग्नु परेको छ ।  शुभकालिका गाउँपालिका ८ कि वडा सदस्य सुपारी बिकको उपचारका लागि स्थानिय समाजसेवीले आर्थिक सहयोग गरि ज्यान बचाएका छन् भने सोही गाँउ पालीका का केही जनप्रतिनिधीहरुले बिगतमा उपचारकै नाममा लाखौ रकम खर्च गरेको खुल्न आएको छ,तर सुपारी बि क भने उपचार पश्चात उपचार गर्दा  लागेको  उपचार खर्चको अभावमा  डिस्चार्ज हुननसकेपछी  भेटन आउने आफन्तहरुको सहयोगमा छुटकार पाएकी छन ।

असोज ४ गते साँझ बिष सेवन गरेकी बि कको कालीकोट जिल्लामा उपचार हुन नसकेपछी  सुर्खेत स्थित देउति नरसिंग होममा  उपचार गराइरहदा अार्थीक अभावमा  छट्पटिएकी बिकको उपचारका लागि नेकपा कालीकोटका यूवा नेता दिपक चौंलागाई शिखरले १५ हजार नगद आर्थिक सहयोग गरी ज्यान बचाउन सहयोग गरेका हुन् ।

बिष सेवन गर्नाको रहस्य नखुले पनि उपचार गर्न आर्थिक समस्या भएपछि अनेरास्ववियू क्रान्तिकारीका पुर्ब केन्द्रिय समिती  सचिवालय सदस्य समेत रहेका समाजसेवी चौंलागाइले वडा सदस्य बिकको अबस्थालाई मध्यनजर गरि उनको ज्यान बचाउन सानो सहयोग गरेको बताएका छन् ।

बिरामी बिकका छोरा गजेन्द्र बिकले सो आर्थिक सहयोग पाएपछि आमाको ज्यान बच्ने आशा पलाएको भन्दै चौंलागाइले ठूलो गुन लगाएको बताउनु भयो ।