पुर्ण सरसफाई उन्मुख टोल घोषणा


तस्विरः रमेशकुमार वली ।

सल्यान ११, असोज । सल्यानको छत्रेश्वरी गाउपालिका २ को गुरासे टोललाई पुर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको छ । विहिवार एक कार्यक्रमको आयोजना गरी पुर्ण सरसफाई स्वच्छता उन्मुखका लागि सवै सूचकहरु पुरा गरिसकेको हुदा गुरासे टोललाई पुर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको हो ।

गुरासे टोल सुधार समिति र छत्रेश्वरी गाउपालिका वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजना तथा दलित विकास समाज अन्तर्गत पहल परियोजनाको सहजीकरणमा घोषणा गरिएको हो ।

छत्रेश्वरी गाउपालिका १ का वडाध्यक्ष नेव वहादुर शाहको प्रमुख आत्थ्यिता तथा दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुन वडा नं। २ का वडाध्यक्ष प्रेम वहादुर खड्काको विशिष्ट आत्थ्यितामा सम्पन्न कार्यक्रममा पहल कार्यक्रमका जिल्ला संयोजक मनोज कुमार थारुले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा वोल्दै छत्रेश्वरी गाउपालिका २ का वडाध्यक्ष प्रेम वहादुर खड्काले आफनो वडामा पहिलो नमुना टोलको रुपमा घोषणा गरेको भन्दै आगामी २ वर्ष भित्रमा पुरै वडालाई पुर्ण सरसफाई स्वच्छतायुक्त वडा घोषाणा गरिने जानकारी दिनुभयो । खडकाले आफनो वडालाई पुर्ण सरसफाई युक्त वडाको मात्र नभई युद्ध पर्यटकीय स्थलको रुपमा आफुले विकास गर्न चाहेको वताउनु भयो । यसका लागि सवैसंग समन्वय र सहकार्य गरेर जाने खड्काले प्रतिवद्धता व्यक्त गर्नु भयो ।