विपद जोखिम व्यवस्थापन बारे छलफल


१ असोज, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ मा विपद तथा जलवायु उत्थानशील सम्बन्धी छलफल कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नेपाल रेडक्रसका मनराज आचार्यले वडा विपद जोखिम व्यवस्थापन तथा जलावायू उत्थाशील, आकस्मिक कोष, खोज उद्दार सम्बन्धी, टोल सरसफाई, जलबायु परिवर्तनका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा वडा न‌ं ९ का अध्यक्ष सुरेश मानन्धरले वडामा विपद व्यवस्थापनकालागि वडाबाट रु २५ हजार र रेडक्रसबाट २५ हजार गरि ५० हजारको विपद कोष खडा गरिएको बताउनुभयो ।

वडामा आइपर्ने विपदका बारे वडा न‌ं ९ रहेका ३१ वटा टोल विकास संस्थाहरुका प्रतिनिधीहरुको उपस्थितीमा छलफल चलाइएको वडा कार्यालयका भिमबहादुर खड्काले बताउनुभयो ।

कार्यक्रममको सहजीकरण वडा सचिव देव मुलेलले गर्नुभएको थियो ।