कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको उद्घाटन


१ भाद्र । संघीय संरचना अनुसार कर्णाली प्रदेशमा स्वास्थ्य निर्देशनालयको उद्घाटन गरिएको छ। सरकारले सातवटै प्रदेशमा स्वास्थ्य क्षेत्र हेर्ने प्रदेश स्वास्थ्य निर्देशनालयको नयाँ संरचना पारित गरेको थियो। सोही अनुसार कर्णालीमा आज कार्यालयको औपचारिक उद्घाटन गरिएको हो।

स्वास्थ्यको नयाँ संरचना अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय हुनेछ।

निर्देशनालयमा स्वास्थ्यका ११ औं तहका कर्मचारी प्रमुख हुनेछन्। निर्देशनालयमा प्रमुखसहित ३७ जना कर्मचारीको दरवन्दी हुनेछ। निर्देशनालयमा ९ वटा शाखा रहनेछ।

सरकारले पारित गरेको संरचना अनुसार निर्देशनालयमा नीति, योजना तथा कार्यक्रम समन्वय, चिकित्सा सेवा तथा रोग नियन्त्रण, खरिद तथा आपूर्ति व्यवस्थापन, प्रशासन, अनुगमन, मुल्यांकन तथा नियमन, स्वास्थ्य सुचना तथा जनसंख्या व्यवस्थापन, आयुर्वेद तथा वैकल्पिक चिकित्सा, स्वास्थ्य प्रर्वद्धन तथा तालिम र नर्सिङ सेवा व्यवस्थापन शाखा रहने छन्।

निर्देशनालयलाई एक सय ९ वटा कार्यविवरण समेत तोकिएको छ।

अन्नपूर्णपोष्टअनलाइनबाट