जाजरकोटको खलंगामा पहिरोः पहिरो जाँदा तीन जनाको मृत्यु (फोटो फिचर सहित)


 

 

तस्विरः जीवन आचार्य फेसबुकबाट ।

सुुर्खेत, साउन २० । जाजरकोटको सदरमुकाम खलंगा नजिक पहिरो जाँदा २ घर पुरिएका छन्। पहिरोमा परि ३ बालवालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको नाम भने खुल्न सकेको छैन। अबिरल वर्षाका कारण गएराति ठाँटीबजार नजिकै पहिरो गएको हो । पहिरोमा परी तिर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको छ ।

तस्विरः जीवन आचार्य फेसबुकबाट ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार बोहोराको घरमा पुरिएका तीन बालबालिकाको शव बाहिर निकालिएको हो। अझै एक जना पुरिएको अवस्थामा उद्धार भइरहेको छ।

यस्तै सुनार घरमा पनि तीन जना बालबालिका पुरिएको हुनसक्ने प्रहरी निरिक्षक सुनारले सेतोपाटीलाई जानकारी गराए । घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ। घटनाको थप विवरण आउन बाँकी छ ।

साभारः पश्चिमनेपाल ।