जुम्लामा एमबीबीएस पढाई शुरु हुदै


सुर्खेत, १९ साउन । जुम्लामा यो वर्षदेखि एमबीबीएस पढाई हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा डाक्टर पढाईको तयारी थालिएको हो । प्रतिष्ठानले उच्च स्तरको स्वास्थ्य शिक्षा दिने भन्दै एमबीबीएस कक्षाको पढाई संचालन गर्न तयारी थालिएको रजिष्ट्रार विश्वराज काफ्लेले बताए  ।
प्रतिष्ठानले एमबीबीएस कक्षा सञ्चालन गर्न शिक्षक नियूक्ति कार्य सुरु गरेको छ भने अर्को्तिर एमबीबीएसको पाठ्यक्रम निर्माण भइरहेको काफ्लेले जानकारी दिए।

यसका साथै चाँडै डाक्टर पढाई हुनुपर्ने भन्दै डाक्टर गोविन्द केसीले जुम्लाबाट थाल्नु भएको  अनसनले पनि डाक्टर पढाई योजना झन बलियो भएको हो । २०७५ वैशाख १ गते जुम्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पहिलो पटक सम्पन्न छैटो सिनेटको बैठक र तत्कालीन प्रधानमन्त्री शेरबहादुुर देउवाको अध्यक्षतामा काठमाडौंमा सम्पन्न ५ औं सिनेटको बैठकले एमबीबीएस सञ्चालन गर्ने निर्णय गरेअनुसार यो वर्षदेखी डाक्टर पढाई गर्नका लागि तयारी थालिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका जन्मदाताका रुपमा मानिने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रतिष्ठानबाटै कर्णालीमा स्वास्थ्यको नयाँ युग सुरु भएको बताए । भण्डारीले नै वि.सं २०६८ सालमा संविधानसभा सदस्य भएको बेला त्यहाँका राजनीतिक दलहरुको सहकार्यमा संसदमा प्रतिष्ठानको ऐन २०६८ टेबुल गर्नु भएको थियो ।

साभारः नेपालगाथा ।