साहित्यकार झमक घिमिरेलाई पिएचडीको उपाधी मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दिने


431616_177729358999642_117024655070113_222719_1558759659_nसुर्खेत, २५ जेठ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले साहित्यकार झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधीको उपाधी दिने निर्णय भएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको विश्वविद्यालयको पाँचौ सभाले साहित्यकार घिमिरेलाई मानार्थ उपाधी दिने प्रस्ताव पारित गरेको विश्वविद्यालयका राजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।

विश्वविद्यालयले पहिलो पटक कुनै व्यक्तिलाई यसरी मानार्थ विद्यावारिधीको उपाधी दिने निर्णय गरेको छ । उहाँले विश्वविद्यालयको सभापले विभिन्न १० वटा प्रस्ताव पनि पारित गरेको वताउनु भयो । सभाले विश्वविद्यालयको आर्थिक वर्ष २०७३÷७४ को अनुमानित १ अर्व ६ करोड रुपैया वरावरको वार्षिक बजेट परित गरेको छ ।

सभाले विश्वविद्यालयमा रहेका संकाय तथा आङगिक स्कुलहरुको नाम परिवर्तन गदै क्याम्पस राख्ने शिक्षा विज्ञान संकायको नाम परिवर्तन गदै शिक्षा शास्त्र संकाय राख्ने प्रस्ताव पारित गरेको बताएको छ । दैलेख, कालिकोट र दाडका ६ वटा क्याम्पसलाई आङगिक क्याम्पस वनाउने, नियमावली शंशोधन गर्ने, पदक अनुमोदन, उपाधी प्रदान गर्ने प्रस्ताव पनि पारित भएको छ ।

६ वटालाई आङगिक क्याम्पस वनाउने निर्णय सगै अव विश्वविद्यालयका आङगिक क्याम्पसहरुको संख्या १६ पुगेको छ । यस्तै विश्वविद्यालय सभाले शिक्षक÷कर्मचारीको ३ सय ५० वटा दरवन्दी थप गर्ने, विश्वविद्यालयमा पुनरावेदन आयोगको गठन गर्ने प्रस्तावका साथै विश्वविद्यालयको २० वर्षे रणनीतिक योजना समेत पारित गरेको छ ।

साभारः राराखबर अनलाइन