४६ सालको संबिधान जस्तो बजेट भित्र भित्र खोक्रो


जेठ ३१, काठमाण्डौ ।

सांसद गजेन्द्रबहादुर महतले मन्त्री र कर्मचारी हाबी भएको आरोप लगाउनु भएको छ । कमिसन खाएर योजना दिदै घर आँगनमय बनाएको उहाँले आरोप लगाउनु भएकोछ । ।

सरकारको भरोशा जनता प्रती नभएको, मन्त्री प्रती पनि अबिश्वास रहेकोले देशलाई पशुपतीनाथले बचाउनु पर्ने अवस्था आएको भन्दै उहाँले बर्तमान आफ्नै सरकारको आलोचना गर्नुभएको छ । जुम्लामा एउटा मात्रै योजना जानु कत्तिको हाँस्यास्पद कुरा हो, उहाँले भन्नुभयो जुम्ला जिल्लावासी यो मूलुकका नागरिक होइनन् भन्ने ब्यबहार किन ? प्रश्न गर्नुयो ।

सांसद महतले मन्त्री हुन हाम फाल्नुको कारण यो बजेट बितरण प्रक्रियाले स्पस्ट पारेको भन्दै कर्णालीका नागरिकहरुलाई अहिले पनि दाश्रो दर्जाको ब्यबहार गरीएको सरकारको कार्यशैलिको बिरोध गर्नुभयो । उहाँले भन्नुभयो ०४६ सालको संबिधान जस्तै बर्तमान सरकारको बजेटपनि भित्र भित्र खोक्रो देखियो ।