करेन्ट लागेर दुई जनाको मृत्यु


२२ जेठ धनुषा

धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना दाजुभाइ रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहको छोरा २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको छ।

सोमबार साँझ आफ्नै घरमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला करेन्ट लागेको थियो । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।मृतकका शवलाई अहिले परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । नागरिकन्यूजबाट