नेकपाले गाउँपालिका प्रमुखलाई कालोमोसो दल्यो (मोसो दल्नुका ६ कारणसहित)


जेठ २०, रूपन्देहि ।

नेपाल कम्युनिष्ट पार्टीको जनपरिषदले रुपन्देहिका एक जनप्रतिनिधीलाई विकास निर्माणको काममा भ्रष्टचार गरेको भन्दै कालो मुसो दलेर जनकार्वाहि गरेको छ ।

रुपन्देहीको सुद्धोधन गाउँपालिका प्रमुख किसुन चन्द्र चौधरीलाई जनपरिषद रुपन्देहीले बिकास निर्माणका हरेक काममा २० देखि २५ प्रतिसत कमिसन खाने गरेको, जनाताको हरेक काममा बहाना बाजी गर्ने र घुस माग्ने गरेकोले आईतवार कालो मुसो दलेर जनकारर्बाही गरेको हो ।

जनकार्रवाहि पछि साेहि स्थानमा छाडिएकाे पर्चामा विकास निर्माणको नाममा निकालिएको नदिजन्य पदार्थ स्थानीय ठेकेदार र व्यापारीहरुलाई बेचेर कमिशन खाएको, गाँउपालिकाका विभिन्न सामान खरिदमा प्रक्रिया मिलाएर कमिशन खाएको जनस्तरबाट गुनासो आएकोले चेतावनी स्वरुप जनकार्वाहि गरिएको पनि जनपरिषद् रुपन्देहिले प्रष्ठ पारेको छ ।

यस्तै आर्थिक प्रशासन नियमावलीको धज्जी उडाउदै विभिन्न व्याक्ति समुदायलाई निति विपरित बजेट बाढेर दुरुपयोग गरेको, विकास निर्माणमा राजनितिकरण गरि पार्टीका कार्यकर्ता भर्तिकेन्द्र गरिएको र योजनाहरुबाट २० देखि २५ प्रतिशत सम्म कमिशन खाने गरेको, गाउँ कार्यपालिका भित्र समेत पूरण् बैठक तथा छलफल नगरी मनोमानी एवंम एकलौटि गरि जनताको ढाड सेक्नेगरी कर बृद्धि गरेको र जन्मदर्ता, मृत्युदरता, विवाहदरता, बसाईसराईको स्थानीय निकायका मार्फत सामान्य सिफारिस गर्ने क्रममा समेत बिभिन्न बहानामा जनतालाई दुख दिई कमिशन खाने गरेको पनि उक्त पर्चामा लेखिएको छ । पोष्टपाटीबाट