![](https://i0.wp.com/www.thetriratna.com.np/wp-content/uploads/2020/05/monti.gif)
१५ जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आचरणलाई व्यवहारबाटै पुष्टि गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
गणतन्त्र दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले कम्युनिष्टहरु प्रजातन्त्रवादी हुनु कांग्रेसका लागि खुसीको कुरा भएको बताए । साथै उनले दुई तिहाई बढी सांसदहरुको समर्थन पाएको बामगठबन्धन नेतृत्वको सरकारले ‘कुरा होइन, कामै गरेर’ देखाउने बेला आएको बताए ।
देउवाले विकासका लागि बाह्य लगानी भित्र्याउन सरकारलाई सुझाव दिए । बाह्य लगानी भित्र्याएर मुलुकलाई अघि नबढाए सात वटा प्रदेशलाई तलव÷भत्ता खुवाउन पनि समस्या पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । अनलाइनखबरबाट
![](https://i0.wp.com/www.thetriratna.com.np/wp-content/uploads/2024/03/triratna-pm-youtube.jpg)
Milan Shrestha । १५ जेष्ठ २०७५, मंगलवार ०६:३६ बजे