आजसम्म देशको लागि लडें, अब बहिनीको लागि लड्छुः विमल घर्तीमगर


१९ जेठ, काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरले आफ्नी बहिनी मनिषाको ‘हत्या’ गर्नेमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् । आजसम्म देशको लागि लडेको भन्दै उनले अब ‘बहिनीको लागि लड्ने’ फेसबुकमा लेखेका छन् ।

उनी लेख्छन्, ‘सानो छँदा बाबु गुमाएँ । बाबु पनि देशको लागि लड्नुहुन्थ्यो । बिस्तारै त्यो पीडा भुल्दै जाँदा आज १० वर्ष भएको थियो । आज अर्को पीडा थपियो मेरो परिवारमा । मैले पनि देशका लागि कति गरेँ, तर मेरो घरमा यस्तो हुँदा सरकारले केही गरेन भने यो देशका लागि गरेर के काम । एउटा आज देशको लागि गर्ने मान्छे सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरी बस्नु यो नेपालमा मेरो बहिनीको हत्या गर्ने मान्छेलाई कारवाही भएन भने यो देशको लागि के गर्नु । आज म रोइ रहेको छु, भोलि अरु कोही रोइरहेको होला । मलाई सबको साथ चाहिएको छ । अब देशको लागि लडें अब बहिनीको लागि लड्छु ।’

Bimal-Ghartimagar-Status

साभारः अनलाइन खबर