ओखर खेतीको तयारीमा भगवतीमाई गाउँपालिका


मौसम कुमार
बैशाख १९ । दैलेख ।

दैलेखको भगवतीमाई गाउँपालिकाले गा.पा. भित्रका १८ जना कृषकहरुलाई एक रुपमा ओखर खेतीको बारेमा तालिम दिएको छ ।

ओखर खेतीको सम्भाव्यको अध्ययन अनुसन्धान गरी कृषकलाई ७ दिन सम्म तालिम दिई गाँउपालिकाको आयोजना र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा ओखर खेतीको तालिम प्रदान गरिएको गाउँपालिका प्रमुख दान बहादुर थापाले बताउनुभयो ।

उक्त कार्यक्रममा जुम्लाका प्रशिक्षक शंकु खत्रीले तालिम दिनु भएको थियो । कार्यक्रमले गाउँमा रोजगार तथा आर्थीक आय आर्जनमा महत्वपूर्ण भुमिका खेल्ने भन्ने अपेक्षा लिईएको छ ।