क्याम्पसले बुझायो ज्ञापनपत्र, मुख्यमन्त्रीले पीपलचौतारीमै बुझे


सुर्खेत, १५ वैशाख ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तिला कर्णाली बहुमुखी क्याम्पस कालीकोटको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको छ ।

प्रतिनिधि मण्डलले ज्ञापनपत्र मार्फत क्याम्पसको हाता घेरावार, पर्खाल सहित फिल्ड निर्माण, २ कोठे पक्कि भवन, ताडी बसपार्कदेखि क्याम्पस सम्म पक्की सडक निर्माण, पुस्तकालयका लागि ४ कोठे भवन र पुस्तक लगायतका संरचना निर्माणका लागि पहल गरिदिन आग्रह गरीएको छ ।

कर्णाली प्रदेश सरकारले हरेक महिनाको १ र १५ गते श्रम गर्ने निर्णय गरे सँगै सरसफाईमा खटिएका बेला मुख्यमन्त्री शाहीले ज्ञापनपत्र पीपलचौतारीमा बुझेका हुन् ।

ज्ञापन पत्र ग्रहण पछि मुख्यमन्त्री शाहीले ‘ज्ञापन पत्रमा उल्लिखित बुँदालाई सम्वोधन गर्न आफूले पहल गर्ने बताउनुभएको छ ।