पार्टी एकिकरणमा शंका नगर्न सभासद सुनारको आग्रह


बैसाख ९, कालीकोट ।
राष्ट्रिय सभा सदस्य नरपति सुनारले एमाले र माओवादी केन्द्र बिच एकता हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । लेनिन जयन्ती तथा कम्यूनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमाले कालीकोटले आयोजना गरेको कार्यक्रममा बोल्दै सभासद सुनारले पार्टीका शिर्ष नेताहरु पार्टी एकिकरणको अभियानमा लागेको भन्दै एकिकरण नहुनेहोकी भन्ने मनमा चिन्ता नलिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले कालीकोटका अध्यक्ष नगेन्द्र शाही नेशनलले कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सपना केपी ओली र प्रचण्डले पुरा गर्ने दाबि गर्नु भयो । अध्यक्ष शाहीले मूलुकको समृद्धिका लागि पनि कम्यूनिष्टहरुको एकताको खाँचो भएकाले पनि पार्टी एकिकरणको बिकल्प नभएको बताउनु भयो ।

पार्टी उपाध्यक्ष रमेशकुमार शाही लगायतका नेताहरुले मूलुक समृद्धिको यात्रामा जान कम्यूनिष्टहरुको एकता आबस्यक भएको औंल्याएका छन् ।