शुभकामना आदान–प्रदान कार्यक्रम


सुर्खेत, बैशाख २ ।
प्रधामन्त्री केपी शर्मा ओलीले देश बनाउने दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । आज मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले आगामी वर्षादमा पानीसँगै दक्ष मानिस नपर्ने भन्दै यहाँकै बालबालिकाबाट विशेषज्ञ व्यक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । ‘विकासको गतिलाई अघि बढाउन शिक्षाबाट प्राप्त गर्न सकिन्छ । अहिले आवश्यकता जीवन उपयोगी शिक्षा हो’ हामीलाई डाक्टर, इन्जिनियर, कृषि विज्ञ, पर्यटन विज्ञ, दक्ष योजनाकार चाहिएको छ । सम्भावनाहरुलाई पहिचान गर्न सकोस त्यो प्रकारको मानव शक्तिको आवश्यकता हुन्छ’ उहाँले भन्नुभयो, ‘दक्ष मानिसहरु आउँदो बर्षा पानीसंग पर्नेवाला छैनन्, कि हामीले हाम्रा बालबालिका बाट ति विशेषज्ञहरु तयार पार्नुपर्छ ।’ उहाँले अब कोही बालबालिका विद्यालय जानबाट वञ्चित हुन नदिने गरी सरकारले नयाँ अभियान थालेको प्रधानमन्त्री ओलीले बताउनुभयो । हिजो मात्रै मगुमा एक बालिकालाई आफूले भर्ना गरेर अभियानको सुरुवात गरेको भन्दै उहाँले अब कोही पनि निरक्षर नहुने दाबी गर्नुभयो ।