दोश्रो नागरिकता लिने व्यक्ति पक्राउ


मौसम कुमार
चैत्र १६, दैलेख ।

दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ का २६ वर्षीय जगतवहादुर कार्कीले गलत विवरण पेश गरी दुईवटा नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जन्ममिति २०४८ माघ २५ गते उल्लेख गरी पहिलो पटक २०६७ भदौ ५ मा र गत भदौ २७ गते मदनवहादुर कार्की नाम गरी २०५४ भदौ २५ को जन्ममिति खुलाई दोश्रो पटक नागरिकता लिएको खुलेपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान थालेको हो ।

पहिलो नगारिकता अनुसार उमेर नाघेपछि सेनामा जागिर खानलाई किर्ते नागरिकता वनाएका हुन् । देशमा अहिले गोपाल पराजुलीको जन्म मिति फरक परेको प्रकरण चर्चामा रहेका वेला आफूले लिएको नागरिकताले अप्ठयारो पर्न सक्ने भन्दै दोश्रो नागरिकता रद्ध गर्न खोज्दा उनलाई थप अनुसन्धान अघि सारिएको हो । उनी आफैले निवेदन सहित नागरितकता रद्धको लागि निवेदन दिएका कारण सुधारात्मक दण्ड दिने गरी कानुनी कार्बाही अगाडी वढाउन लागीएको प्रमुख जिल्ला अधिाकारी विश्वराज न्यौपानेले जानकारी दिनुभयो ।

नागरिकता ऐन २०६३ को दफा २१ को उपदफा ३ मा किर्ते विवरण खडा गरी नागरिकता लिएमा ६ महिना देखी ३ वर्ष कैद वा २० हजार देखी ५० हजार सम्म जरीवानाको व्यवस्था रहेको छ ।