बर्तमान र पुर्ब प्रधानमन्त्री ओली र दाहालको नाममा १५ दिने वारेन्ट जारी (वारेन्ट पत्र सहित)


चैत्र १४, सुर्खेत ।

नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्न भन्दै १५ दिनभित्र हाजिर हुन वारेन्ट जारी गरेको हो ।

समानान्तर सत्ताको अभ्यास गरीरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दुबै नेतालाइ रोल्पामा रहेको केन्द्रीय जनअदालतमा उपस्थित हुन भनेको छ । केन्द्रीय जनआदलतका प्रमुख प्रकाशको नामबाट वारेन्ट जारी गरिएको छ ।

यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार हुने कुराको जानकारी समेत वारेन्टमा गरीएको छ ।