चामूण्डा विन्द्रासैनी नगरपालिकामा धमाधम पोल गाडिदै


“तिन बर्षमै झिलिमिली नगर बनाउछौ–नगरप्रमूख शाही”

       फाइल फोटो

मौसम कुमार
फागुन २२, दैलेख ।

दैलेख जिल्लाको चामूण्डाविन्द्रासैनी नगरपालिकामा पहिलो पटक विद्युत लाईन विस्तार गरीएको छ । नगरपालिकाले आगामी ३ वर्ष भित्र सवै वडामा वत्ती बाल्ने लक्ष्य सहित १ सय ५० वटा स्टिलका पोल गाडिएको छ ।

पोल र तार विस्तारको कामलाई प्रभावकारी रुपमा अगाडी बढाईएको नगर प्रमूख सुर्यबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पोल र तार विस्तारको लागि यो वर्ष ७१ लाख खर्च गर्ने योजना रहेको छ । उक्त रकम सरकारको ६ लाख, सांसद क्षेत्र विकास कोषको ५० लाख र नगरपालिकाको १५ लाख यस बर्ष खर्च गरीने छ । यसका लागि पहलो चरणमा नगरपालिकाका वडा नं. ५, ६, ७, ८ र ९ मा मुख्य लाईन विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको छ भने वैशाख भित्र ५ वडामा वत्ती बाल्ने लक्ष्य रहेको नगर प्रमुखको भनाई छ । विधुतको लाईन जडान सगैँ स्थानियवासीमा खुसी छाएको छ ।

४ हजार, ४ सय, ४२ घरधुरी रहेको नगरपालिकामा लाईन विस्तार गर्दा पहिलो चरणमा १ हजार ५ सय भन्दा बढी घरधुरीका बासीन्दाहरु लाभाम्वीत हुने नगरपालिकाको भनाई छ ।