वैद्य र विप्लवलाई पार्टी एकतामा सहभागी हुन दाहालको अपिल


१ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी छाडेका मोहन वैद्य र विप्लव भनिने नेत्रविक्रम चन्दलाई पार्टी एकता प्रक्रियामा सहभागी हुन अपिल गरेका छन्

२३ औं जनयुद्ध दिवसका अवसरमा माओवादी मुख्यालय पेरिसडाँडामा मंगलबार भएको कार्यक्रममा अध्यक्ष दाहालले दिवास्वप्नले क्रान्ति पूरा नहुने बताए। ‘सपना धरातल र विज्ञानमा आधारित हुनुपर्छ, रहर लहडमा क्रान्ति हुँदैन,’ विप्लवको दिवास्वप्नले क्रान्ति नहुने दाहालको भनाइ थियो। वैद्यप्रति उनको भनाइ थियो, ‘मेरो गुरु भनेर चिनिनुभएका किरण द्वन्द्वात्मक भौतिकवादको कुरा गर्नुहुन्छ, द्वन्द्वात्मक भौतिकवाद धेरैले लेखे, पढे। जनताबाट भाग्ने र घरमा बसेर क्रान्ति हुँदैन।’
जनवादी क्रान्तिको नारा धेरै लगाएको उल्लेख गर्दै दाहालले अब समाजवादको नारा लगाएर नयाँ अभियान सुरु हुने बताए। ‘हामीलाई अझ धेरै जनता, धेरै कार्यकर्ता चाहिएको छ, सबै कम्युनिष्टलाई एक ठाउँमा ल्याउने भूमिका पूरा गर्नुपर्नेछ। त्यसो नगरी समाजवाद जिन्दावाद भन्नुको अर्थ छैन,’ उनको भनाइ थियो।
दाहालले ‘प्रचण्ड’ले धोका दिए भन्नेहरुका लागि आजकै दिन पार्टी एकताको निर्णय भयो भने आफू खुसी हुने बताए।
दाहालले २०४६ सालअघि नै सशस्त्र संघर्ष गर्ने योजना बनाए पनि पञ्चायत ढाल्ने शर्तमा जनआन्दोलनमा सहभागी भएको सुनाए।
साभारः कान्तिपूरअनलाइन