सुर्खेतमा मत गणना सुरु


२२ मंसीर । सुर्खेतमा प्रतिनिधिसभा १ बाट मत गणना कार्य सुरु गरिएको छ । मतदानस्थलको सुरक्षाका लागि आवश्यकत तयारी पुरा गर्न लाग्दा ढिला भएको निर्वाचन कार्यालयले जनाएको छ ।

‘मतदानस्थल सुरक्षित राख्नको लागि तारजालि लाउनु परेकोले ढिला हुन गएको हो’ मुख्य निर्वाचन अधिकृत किरण प्रसाद सिवाकोटीले सेरोफेरोसंग भने । सुरुमा प्रतिनिधिसभाको गणना गरिने पनि उनले बताए ।

यसैगरी प्रतिनिधिसभा २ मा पनि केहि बेरमा गणना हुने बताइएको छ ।

साभारः सेरोफेरो खबर ।